मङ्लबार, बैशाख ११, २०८१

नयाँ ‘धरहरा’ निर्माणको कार्य करिव अन्तिम चरणमा

अनुप प्रधान
काठमाडौं बैशाख ६ ,
२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको पुरानो धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’ निर्माणको कार्य करिव अन्तिम चरणमा पुगेको छ । प्राप्त जानकारी अनुसार आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी ओलीले नव निर्मत ‘धरहराको उद्घाटन गर्ने कार्य योजना रहेको बुझिएको छ।

नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार प्लास्टर सकाउने, रंग लगाउने र बत्ती जोड्ने काम भइरहेका छन् । गजुर पनि राखिएको छ । धरहराको फेदमा सिँढी बनाउने काम जारी रहेको बताएकोछ ।

यसैक्रममा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ नेतृत्वको प्रतिनिधीमण्डाले धरहरा’ निर्माणको स्थलगत अनुमगन गर्दै यसवीचमा भइरहेको कार्ययोजनाको जानकारी लिनु भएको छ । मन्त्री श्रेष्ठले अहिले भग्नावशेष रहेको धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना रहेको बताउनभयो ।