बिहिबार, चैत्र १५, २०८०

घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका कञ्चनपुर मालपोतका अधिकृत जोशीविरुद्ध मुद्दा दायर

काठमाडौं चैत ३१,
कञ्चनपुरका मालपोतकार्यालयका अधिकृत लोकराज जोशीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले जोशीलाइ रु २४ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगले आज दायर मुद्धामा बिगोबमोजिम कारवाहीको माग गर्नुको अलावा हदैसम्मको कारवाहीको माग गरिएको जनाएकोछ ।