बुधबार, बैशाख १२, २०८१

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ मा बस्ने

काठमाडौं चैत ३० ,
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण आजका लागि तय भएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर ५ वैशाखका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल हुने बताइएको छ ।