मङ्लबार, बैशाख ४, २०८१

प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादी केन्द्रका ४ सांसद पदमुक्त

काठमाडौं चैत ३०,
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । माओवादी केन्द्रको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्य मध्ये चार जनालाइ राजनीतिक दलसम्बन्धी ऐन अनुसार कारवाही गरेको हो ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिएका हुन् ।

यसअघि पदमुक्त गरिएका जना सांसदलाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको सम्वद्ध पक्षले जनाएको छ। पदमुक्त हुनेमा ३ जना प्रत्यक्ष निर्वाचिन हुन् भने एक समानुपातिक प्रदेशसभा सदस्य हुन् । समानुपातिक सदस्यको स्थानमा दलले नयाँँ पठाउन सक्छ ।