शुक्रबार, चैत्र १६, २०८०

ह्वात्तै बढ्यो कोभिड संक्रमितको संख्या, एकै दिन १३ जनाको मृत्यु

काठमाडौं चैत ३०,
पछिल्ले समय नेपालमा कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर देशभर ५ हजार १ सय ५ जनामा पिसिआर नमुना परीक्षणको क्रममा थप ५ सय ५९ जनामा  कोभिड– संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका ५ सय ५९ जनासँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ६ सय जना सक्रिय संक्रमित रहेको जनाएको छ।

त्यस्तैसोमबार देशभर थप १ सय ३८ जनाले संक्रमित संक्रमणमुक्त भएर फर्किएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको जनाएको छ ।

साथै पछिल्लो २४ घन्टाको अवधिमा थप १३ जनाको संक्रमणबाट मृत्यु भएको र योसँगै हालसम्म ३ हजार ५३ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।