बिहिबार, बैशाख १३, २०८१

ज्वाला सिंहको नाममा चन्दा माग गर्ने विकास चौधरीसहित ४ जना पक्राउ

काठमाडौं चैत २२,

ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका(२२ पुरैनीबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-४ सूर्यलालपुर बस्ने २४ वर्षीय विकास चौधरी, सोही गाउँपालिका(५ बस्ने मर्गनाथ भन्ने ४१ वर्षीय मेघनाथ चौधरी, सोही गाउँपालिका(२ बस्ने ४० वर्षीय भीम बहादुर भण्डारी र नेपालगंज उपमहानगरपालिका(३ सल्यानीबाघ बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-१५ घर भएका २९ वर्षीय ज्योती प्रकाश चौधरी रहेका छन् ।

राप्तीसोनारी गाँउपालिका(५ जुरपानी वस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिँह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।