काठमाडौं चैत २२,
नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोभिड सङ्क्रमित थपिएका छन् । देशभर ३ हजार ४५६ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरका ४ जना समेत गरि १७६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।
त्यस्तै यसवीचमा २ लाख ७३ हजार २४० जना सङ्क्रमित उपचार पछि निको भएको मन्त्रालयले जनाएको छ।