बिहिबार, बैशाख १३, २०८१

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडौं चैत २१,
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

त्यस्ते आजको बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ बैशाख १७ गते सम्पन्न बैठकले केपि ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गर्दै प्रधानमन्त्री केपीको ओलीको   राजीनामा माग गर्ने निर्णय समेत गरेको छ।

साथै बैठकले काग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिद्वारा प्रस्तुत क्रियाशील सदस्यता सम्बन्धी प्रस्तावित सुझाव सहितको संशोधित कार्यतालिका पाति गर्नुको अलावा अन्य राजनीतिक दल समायोजन समिति” को चैत्र २०, २०७७ को बैठकको निर्णय अनरुप अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेता तथा सदस्यहरुको समायोजन सम्बन्धमा गरेको निर्णय समेत पारित गरेको छ।

त्यस्तै म्यानमारको सैन्य कू र पछिल्लो बर्बर दमनको घोर भत्सर्ना गर्दै लोकतन्त्रका लागि संघर्षरत सम्पूर्ण स्वतन्त्रताप्रेमी म्यानमारका नागरिकहरुलाई अविलम्व विना शर्त रिहाई गर्दै लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न माग गरेको छ।  केन्द्रीय समितिको अर्को बैठक चैत्र २७ गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031