शनिबार, बैशाख ८, २०८१

वितेको २४ घण्टामा थप १२८ जनामा कोभिड सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं चैत २१,
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२७ जनाको पीसीआर परीक्षणको क्रममा थप १२८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज थपिएका कोभिड सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ भनेयसवीचमा १६१ जना सङ्क्रमित निको भएको र योसंगै निको हुनेको सख्या २ लाख ७३ हजार १२३ जना पुगेको मन्त्रालयले जनाएको छ।

साथै वितेको २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको सख्या ३ हजार ३२ जना पुगेको मन्त्रालयले जनाएको छ।