बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति भण्डारीबाट बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरण प्रणालीको औपचारिक उद्घाटन

काठमाडौं चैत २०,

राष्ट्रपति भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरण प्रणालीकोऔपचारिक उद्घाटन गर्नुभएको छ । शुक्रबार राजधानीस्थित  भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रमका वीच उहाँले   तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएको हो ।

त्यस्ते उद्घाटनत्रलाइ सम्बोधन गर्दै उहाँले मेलम्ची खानेपानी राजधानीबासीका लागि नयाँ उपहार भएको बताउदै मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्ने हो भने समृद्धि प्राप्तिका लक्ष्यमा कुनै विलम्व नहुने धारणा राख्नुभएको थियो ।

त्यस्तै प्रम केपी ओलीले कार्यक्रममा सरकारलाई काम गर्न नदिएकै कारण यसवीचमा सिर्जित अनेकन समस्याका वीच पनी देशमा विभिन्न अन्यौलता उत्पन्न भ प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूर्वाधार विकासमा चौतर्फीरुपमा प्रगती गरेको जनाउ दिदै आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाको दृश्य सन्देश दिनुभएको थियो भने भने काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको बताउनभएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री कृष्णगोपाल श्रेष्ठ, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत अधिकांश मन्त्रीहरुको उपस्थिति रहेको थियो ।