शुक्रबार, चैत्र १६, २०८०

१७९ जना कोभिड सङ्क्रमित थपिदै गर्दा १११ जना सङ्क्रमित उपचार पछि डिस्चार्ज

काठमाडौं चैत २०,

नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोभिड सङ्क्रमित थपिएका छन् । ३ हजार ५६५ जनाको पीसीआर परीक्षणको क्रममा थपिएका संक्रमित संगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै जानकारी दिएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १११ जना सङ्क्रमित उपचार पछि निको भएको र यो संग निको हुने संक्रमितको सख्या २ लाख ७२ हजार ९६२ जना पुगेको जनाएको छ ।

साथै मन्त्रालयले केहि समय यता सक्रिय सङ्क्रमितको संख्या बढ्ने क्रम बढ्दो रहेको जनाउदै वितेको २४ घण्टामा कुनै सङ्क्रमितको मृत्युको पुष्टि नभएपनि पछिल्ले ाता अनुसार सङ्क्रमणका कारण मृत्यु हुनेको सख्या हालसम्म ३ हजार ३१ पुगेको जनाएको छ ।