बिहिबार, चैत्र १५, २०८०

नेपाल सुपर लिग [एनएसएल] : चितवन र ललितपुर १-१ को बराबरीमा

काठमाडौं बैशाख १३ ,
अनुप प्रधान
नेपाल सुपर लिग [एनएसएल]अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन र ललितपुर सिटी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र ललितपुर १-१ को बराबरीमा रोकिएका हुन्।

जारी सिजन दुई खेल खेलेको ललितपुरको यो पहिलो अंक हो। यसअघि उद्घाटन खेलमा ललितपुर काठमाडौंसँग पराजित भएको थियो। उता एफसी चितवनले भने बराबरी खेल्दै लिगको सुरुवात गरेको हो।