मङ्लबार, बैशाख ११, २०८१

उपत्यकाका मतदाताले दिएको जिम्मेवारीलाइ पूरा गर्न किन्चित पनि विचलित नहुने नव निर्वाचित अध्यक्ष झाको उद्घोष

महासंघ उपत्यका प्रदेश समितिका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापना

काठमाडौं चैत ३१,
नेपाल पत्रकार महासंघको २६औ महाधिबेशन अन्र्तगत सम्पन्न निर्वाचनबाट निर्वाचित महासंघ उपत्यका प्रदेश समितिका पदाधिकारीहरुको एक विशेष कार्यक्रमकावीच पदभार हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश समितको कार्यालय परिसरमा आयोजित कार्यक्रममा निर्वाचन समितिका प्रमुख संयोजक तथा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेत संगै समितिका  निर्वाचन अधिकृत अभिवक्ताद्दय द्रोण प्रसाद दाहाल र विरेन्द्र ठाकुरले केन्द्रीय प्रतिनिधी दिलिप थापामगरको उपस्थितीमा प्रदेश समितिको अध्यक्षमा निर्वाचित श्रीजन झा नेतृत्वको सिङ्गो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाइ प्रमाण पत्र प्रदान गर्दै सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रमममा निर्वमान अध्यक्ष नारायणकुमार दाहालले नव निर्वाचित अध्यक्ष झालाइ समितिको माइन्युट लगायतका कागजात हस्तान्तरण  गर्दै सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो ।

त्यस्तै नव निर्वाति अध्यक्ष झाले निर्बाचन मार्फत मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै प्रेस स्वतन्त्रा र अभिव्यक्ति स्वतन्ताको रक्षाका लागि उपत्यकाका मतदाताले दिएको जिम्मेवारीलाइ पूरा गर्न किन्चित पनि विचलित नहुने बताउदै सहमति सहकार्य सहित तमाम पत्रकारवृतको हकाधिकार  र  पेशागत सुरक्षाको लागि लागि प्रतिवद्ध रहने बताउनुभएको थियो ।

यस्तो थियो उपत्यका प्रदेशको निर्वाचनमा प्राप्त मत परिणाम :

पत्रकार महासंघ उपत्यका अध्यक्षमा श्रीजन झा, उपाध्यक्षमा विरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका तथा खुला सचिवमा रोशनराज पाण्डे समावेसी सचिवमा अमर भुजु र कोषाध्यक्षमा अनुस्न पन्त निर्वाचित भएका हुन । निर्वाचन मतपरिणाम अनुसार झा १ हजार १ सय ६५ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ५ सय ७ मत प्राप्त गरे ।

उपत्यका समितिको खुला उपाध्यक्षमा विरबहादुर लामाले ९ सय १५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी विनोद प्रसाद चौलागाईले ६ सय ४४ मत प्राप्त गरे । महिला उपाध्यक्ष रोजिना थापा भने निर्विरोध निर्वाचित बनिन् । महासचिव पदमा १ हजार ५ मत प्राप्त गर्दै टेनिस निर्वाचित भए । उनका प्रतिस्पर्धी सविन शर्माले ५ सय ६९ मत प्राप्त गरे ।

खुल्ला सचिवमा रोशनराज पाण्डे ८ सय ६९ मत ल्याएर विजयी बनेका छन्। उनका प्रतिस्पर्धी केदार भट्टराईले ४ सय ५४ मत र कालिका बहादुर महतले २ सय २३ मत प्राप्त गरे ।

यसैगरी, समावेशी सचिवमा अमर भुजुले ९ सय ४७ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रञ्जित तामाङले ६ सय ४ मत प्राप्त गरे । कोषाध्यक्षमा भने १ हजार ८९ मत ल्याएर अर्जुन पन्त विजयी बने भने जयराम बास्तोलाले ४ सय ४२ मत प्राप्त गरे । कार्यसमिति सदस्यमा प्रविण श्रेष्ठ, बैरागी जेठा , माधव प्रसाद घिमिरे, विष्णु कुमार गिरी विष्णु निश्चल, विधुर ढकाल, रमा कुमारी न्यौपाने, नेत्र प्रसाद न्यौपाने, दिया चन्द, लक्ष्मी गारु, सुशिल दर्नाल, अर्जुन बहादुर तामाङ, रत्नकृष्ण श्रेष्ठ, विनयकुमार महतो, अनिलकुमार गुप्ता निर्वाचित भएका छन् ।