शनिबार, बैशाख ८, २०८१

भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४७६ जनामा कोभिड संक्रमणको पुष्टि

काठमाडौं चैत १२,
भारतमा पछिल्लो चौबीस घण्टामा ५३ हजार ४७६ जनामा कोभिड संक्रमणको पुष्टि भएसंगै कुल संक्रमितको सङ्ख्या १ करोड १७ लाख ८७ हजार ५३४ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयलाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएको र या संगै कुल मृतकको सङ्ख्या १ लाख ६० हजार ६९२ पुगेको जनाउदै त्यस वीचमा कुल संक्रमित मध्ये ३ लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

साथै कुल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् ।