बुधबार, बैशाख १२, २०८१

१२० जना कोभिड सङ्क्रमित थपिदै गर्दा ८५ जना डिस्चार्ज

काठमाडौं चैत १२,
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८९१ जनाको पीसीआर परीक्षणको क्रममा १२० जना कोभिड सङ्क्रमित थपिएका छन् । आज थपिएका संक्रमितसंगै कुल कोभिड सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण मार्फत जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले पछिल्लो केही दिन यता सङ्क्रमित हुनेको संख्या बढेने क्रममा रहेका कारण सक्रिय सङ्क्रमितको सख्या समेत बढेको जनाएको छ । प्राप्त पछिल्ले डेटा अनुसार सक्रिय सङ्क्रमितको सख्या १ हजार २१७ पुगेको मन्त्रालयले जनाएकोछ ।

त्यस्तै यसवीचमा ८५ जना सङ्क्रमित निको भएसंगै निको भएका कूल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ भने आइसोलेशनमा बस्नेको संख्यासमेत वृद्धि हुँदै गएको मन्त्रालयले जनाएको छ । त्यस्तै गरि वितेको २४ घण्टामा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि नभएको मन्त्तालयले जनाएको छ।