शुक्रबार, बैशाख ७, २०८१

विश्वभरीको नेवारहरु समूदायलाइ संगठित गर्न विश्व नेवाः दिवस मनाईँदै

काठमाडौं चैत ११,
विश्वका विभिन्न भेगमा छरिएर रहेका सम्पूर्ण नेवारहरु समूदायलाइ संगठित गर्दै समुदायको सर्वाङ्गिण विकास गर्ने लक्ष्य सहित चौथो विश्व नेवाः दिवस विभिन कार्यक्रम गरि मनाइने भएको छ। चैत्र १४ गते शुक्रबारका दिन मनाइने तयारी रहेको चौथो विश्व नेवाः दिवसको जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले राष्ट्रको विकासका लागि पनि समुदाय एकजुट हुनुको विकल्प नभएको बताए ।

त्यस्तै वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको उक्त पत्रकार सम्म्ेलनमा च्याप्टरका अध्यक्ष शाक्य सुरेनले प्रविधिको माध्यमबाट विश्वभरी छरिएर रहेका नेवाःहरुबीच ज्ञान र सीपको आदानप्रदान गर्दै समुदायको विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रविधिको सहयोगबाट आज विश्वको एउटा कुनामा रहेको व्यक्तिले अर्को कुनाको व्यक्तिसँग तुरन्त सम्पर्क गर्न सकिन्छ, आजको दिनमा विश्वभरीका नेवाःहरु एकै छाता मुनि उभिन केही गा¥हो छैन । यसको सदुपयोग गरौं’ अध्यक्ष शाक्यले भन्नुभयो । विश्वका विभिन्न कुनाकाप्चामा रहेका नेवाःहरुबीच अन्तरक्रियात्मक सम्वन्ध स्थापित गर्ने एउटा अवसरको रुपमा लिँदै विश्व नेवाः दिवसलाई धुमधामका साथ मनाउन आव्हान समेत गर्नुभयो ।
त्यस्तै पत्रकार सम्म्ेलमा अर्गनाइजेसनको नेपाल च्याप्टरका कोषाध्यक्ष समेत रहेका चौथो नेवाः दिवस समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले विश्व नेवाः दिवस कुनै संस्था विशेषको मात्र नभई सम्पूर्ण नेवाःकै दिन भएको जनाउ दिदै दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम माथि प्रकाश पार्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आत्थियमा हुने कार्यक्रममा नेवार समाज र नेपालभाषाको विकासका लागि विशेष योगदान दिनु हुने आठ जना विशिष्ट व्यक्तित्वहरु र संंस्थालाई सम्मान गरिने जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु