शनिबार, बैशाख ८, २०८१

प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो

काठमाडौं चैत ३,
प्रतिनिधिसभाको आज बसेको बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्नुको अलावा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै समापन गरिएको छ ।

त्यस्तै आजको बैठकमा सभामुख सापकोटाले सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधा ज्ञावली, रेखा शर्मा, रेनुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी दिनुभएको छ । साथै सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते शुक्रबार पुनः बस्ने जानकारी दिनुभएकोछ ।