शुक्रबार, चैत्र १६, २०८०

प्रचण्ड–नेपाल समुहको स्थायी समिति बैठक: पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग हुने

काठमाडौ फागुन २४,
सर्वोच्च अदालतको पछिल्लो फैसला संगै प्रचण्ड-नेपाल समुहले माओवादी केन्द्र अलग भएर जाने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को आधिकारिता ऋषिराम कट्टेललाई दिएसंगै नेकपा वृतमा आएको परकम्पनका कारण प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको हो।