शुक्रबार, बैशाख १४, २०८१

देशभर थपिए थप १ सय ७ जना कोभिड संक्रमित 

काठमाडौ फागुन २०,
पछिल्लो २४घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ५ सय ३६ जनाको पीसीआर गर्दा थप १ सय ७ जना कोभिड संक्रमित थपिएका छन् । त्यस्तै यसवीचमा देशभरबाट थप ७८ जना संक्रमित संक्रमणमुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको जनाएको छ ।

त्यस्त्ै देशभर सक्रिय संक्रमितको संख्या ७ सय ९५ रहेको र क्वारेनटिनमा रहनेको सख्या ५७ जना रहेको जनाएको छ । साथै वितेको २४ घण्टामा संक्रमितको मृत्यु सख्या नभएको जनाएको छ । यद्यपी नेपालमा अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएकोछ ।