बिहिबार, चैत्र १५, २०८०

पिडानको बाँके शाखा विस्तार, अध्यक्षको जिम्मेवारीमा अवस्थी

काठमाडौं फागुन १९,
नेपाल औषधि थोक व्यवसायी संघको बाँके  शाखा विस्तार भएको छ । जय देब अवस्थीको अध्यक्षतामा विस्तारित अध्यक्षमा‌ शाखाको उपाध्यक्ष , महासचिव,सचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार गुप्ता ,सन्तोष बाबु सुबेदी , रबिन्द्र हमाल र प्रभाकर श्रेष्ठ रहेका छन ।

त्यस्तैगरी सदस्यहरूमा हंसराज खड्का , विनय रस्तोगी, रमण खनाल , बिकास खड्का , रामनाथ थारु र कालुराम थारु रहेको संघको केन्द्रीय सचिवालयद्दारा जारी विज्ञप्तिमा उल्लेखगरिएको छ।

मुलत पछिल्लो समय औषधीको थोक ब्यबसायमा आवद्ध व्यवसायीलाइ गोलवद्ध गर्दै तमाम थोक औषधि व्यवसायीको हकाधिकारका लागि  क्रियाशील संस्था नेपाल औषधि थोक व्यवसायी संघको आवश्यकता औचित्यलाइ यत्र, तत्र, सर्वत्र मनन गरिएको र संस्थाले वृहत्तररुपमा व्यवसायीको मागलाइ सम्बोधन गर्दै आइरहेका छन ।