बिहिबार, बैशाख १३, २०८१

नेता रघुजी पन्त विरुद्ध सासंद वलीद्वारा गाली बेइज्जती मुद्दा दायर

काठमाडौं फागुन २५,
राष्ट्रिय सभाकी सांसद कोमल वलीले गत फागुन १५ गते आफु विरुद्ध नेता रघुजी पन्तले सारी सरक्क सुर्काएर पिँडुला देखाएको भरमा सांसद बनेको भन्न्े जस्ता अभिव्यक्ति दिएको भन्दै गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन । सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर नेता पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

सांसद वली आज दायर मुद्धामा पन्तले कपाल फुलेको र राजनैतिक योगदान गरेकाले केहि नपाउने पिँडुला देखाएको भरमा केपी ओलीले ओलीलाइ सासंद बनाएको भन्ने जस्ता बदनियत अभिव्यक्तिले आफु तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा आघात पुगेको जनाउ सहित दायर ले मुद्धा दायर गर्नुपरेको उल्ल्ेख गरिएकोछ ।

यस्तो छ दायर गाली बेइज्जती मुद्दाको पूर्णपाठ

त्यस्तै मुद्धामा सांसद वोलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको समेत जिकिर गरेकी छन ।