मङ्लबार, बैशाख ११, २०८१

पुनर्स्थापित संसदको बैठक फागुन २३ गते बस्ने

काठमाडौं फागुन १५, सर्वोच्चका प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने दिएको निर्णय अनुरुप सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउँदै संसद पुनर्स्थापना गर्ने फैसला सहित १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको हो ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।