शनिबार, बैशाख ८, २०८१

थप ८१ जनामा कोभिड संक्रमण, २ को मृत्यु

काठमाडौं फागुन १५,
नेपालमा पछिल्लो २४ घन्टामा २८सय २४ मा कोभिड परीक्षण गर्दा थप ८१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

आज स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोभिड अपडेट विवरणमा आज पुष्टि भएको संक्रमितसंगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ भने यसवीचमा थप ४८ जना संक्रमित उपचार पछि डिस्चार्जभएसंगै निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको जनाकोछ ।

त्यस्तै संक्रमणबाट २ जनाले ज्यान गुमाएसंगै हालसम्म संक्रमणबाट दुई हजार ७ सय ७३ पुगेको जानकारी दिएको छ।