शनिबार, बैशाख ८, २०८१

सम्पादक दवाडीलाइ कोभिड संक्रमण

काठमाडौं फागन १५,
लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष एवम नयाँ विकल्प साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ कोभिड संक्रमण भएको छ ।

कोभिड संक्रमणको उच्च जोखिमकावीच पनि आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाउँदै संक्रमणको जोखिमबाट बच्दै आएका पत्रकार दवाडीको पछिल्लो समय  स्वास्थ्यमा सामान्य समस्या देखिएसंगै स्वास्थ्य परीक्षणको क्रममा उहाँलाइ संक्रमण पुष्टि भएको हो ।

कोभिड संक्रमण पुष्टिभएसंगै उहाँ शुक्रवारबाटै  होम आइशोलेशनमा बस्नु भएको  र स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकोछ । यसअघि मुलुकमा कोभिड जोखिमको भयावह अवस्थामा समेत निकै सक्रिय रहदै संक्रमित अन्य साथीभाइ र सहकर्मीको सुरक्षाका लागि समेत वरिष्ठ पत्रकार दवाडी निरन्तर सक्रिय रहदै आउनु भएको थियो ।