बिहिबार, बैशाख १३, २०८१

दुई लाख राशीको हेमबहादुर मल्ल सम्मानबाट डा दास सम्मानित

काठमाडौं फागुन १३,
राष्ट्रपति विद्यादेवी भण्डारीबाट डा गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको उक्त रु दुई लाख राशीको सम्मान दासलाई आज एक विशेष कार्यक्रमकावीच प्रदान गरिएको हो ।

दुइ दशक भन्दा लामो समय साल्ट ट्रेडिङको महाप्रबन्धकका रुपमा काम गर्नुभएका हेमबहादुर मल्लको स्मृतिमा नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशनबीचको समझदारीबाट २०५९ सालमा हेमबहादुर मल्ल सम्मानको स्थापना गरिएको हो ।

यसअघि हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, प्राडा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ र डा सन्दुक रुइत सम्मानित भइसक्नुभएको छ ।

कार्यक्रममा साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटालगायतले साल्ट ट्रेडिङलाई आजको स्थानमा ल्याउन स्व मल्लले अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।