बिहिबार, चैत्र १५, २०८०

सर्वोच्चले नेकपाको आधिकारिताको विवाद फागुन २० गते टुङ्गयाउने

काठमाडौं फागुन १३,
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय फागुन २० गते गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएसंगै न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फैसला सुनाउने मिति तय गरेको हो ।

नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा  एमाले र नेकपा माओवादी केन्द्र बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी [नेकपा] कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएपछि पहिले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएका थिए । तर आयोगले केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को पक्षमा निर्णय गरेको जिकिर सहित त्यस विरुद्ध कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

यसवीचमा ओली र दाहाल दुए कित्ताम विभाजित भएको अवस्थामा सर्वोच्चलेपार्टीको आधकारिताको सवालमा दिने निर्णय आफैमा अर्थपूर्ण हुने देखिएको छ ।