शुक्रबार, चैत्र १६, २०८०

फागुन २३ बाट समुदायस्तरमा खोप अभियान सञ्चालन गरिने

काठमाडौं फागुन १३,
आगामी २३ फागुन देखि देशभरका सबै शिक्षक र प्राध्यापक र यातायात क्षेत्रका चालक तथा सहचालक समेतलाइ कोभिड विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालय सम्वद्ध स्रोतका अनुसार सोहि दिन देखि समुदायस्तरमा समेत ५५ बर्ष माथिका सबैलाई खोप दिने योजना समेत तय भएको र यस अभियानका लागि भारतबाट अनुदानमा आएको र खरीदको गरी ल्याईएको २५ लाख डोज संगै चीन सरकारबाट अनुदानमा प्राप्त हुने ५ लाख डोज खोप गरी ३० लाख प्रयोगमा ल्याइने जनाएको छ ।

साथै यसअघि पहिलो चरणमा खोप लगाएकाहरुलाइ दोस्रो डोज नयाँ वर्षको दोस्रो हप्तामामा लगाइने जानकारी दिदै मन्त्रालयका अधिकारीहरुले पहिलो डोज र दोसे डोजको अन्तर ८ देखि १२ हप्ताबीच पार्ने योजना तय भएको जानकारीदिएका छन ।