शुक्रबार, चैत्र १६, २०८०

संसद पुनस्र्थापना भएसंगै दलका नेताहरुको दौडधुप बढ्यो

देउवालाई भेट्न प्रचण्ड र माधव बुढानीलकण्ठमा

काठमाडौं फागुन १२ ,
मंगलवार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयगरेसँगै दलको नेताहरुको दौडधुपको क्रमले निकै तिव्रता पाएको छ ।

यसैक्रममा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

बुधबार दिउँसो काँग्रेससभापति देउवाको निवासमा भएको छलफल सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेसंगै सिर्जना भएको परिस्थिती र मुलुकको पछिल्लो राजनीतिक समिकरण केन्द्रीत विषयमा छलफल भएको सम्वद्ध स्रोतले जनाएको छ ।