शुक्रबार, चैत्र १६, २०८०

देशभर थप ९४ जना कोभिड संक्रमित थपिए, १९ संक्रमितको मृत्यु

काठमाडौं फागुन १२ ,
पछिल्लो २४ घण्टामा थप ९४ जना कोभिड संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित संगै नेपालमा कुल कोभिड संक्रमितको सख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।

त्यसैगरी यसवीचमा थप ७१ जना कोभिड संक्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको जनाउनुको अलावा थप १९ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट नेपालमा मृत्यु हुनको सख्या २ हजार ६८४ पुगेको जनाएको छ ।