शुक्रबार, बैशाख ७, २०८१

काठमाडौ उपत्यकाका ५४ जना सहित थप ८८ जनामा कोभिड संक्रमण

काठमाडौं फागन ८,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ४८जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका ५४ जना सहित थप ८८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५१ पुगेको छ । यसवीचमा देशभरबाट थप १ सय ३६ जना संक्रमणमुक्त भई घर फर्किएसंगै घर फर्किनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
छ ।

त्यस्तै  मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३५ रहेको यसमध्ये क्वारेनटिनमा ७१ जना त्यसैगरी आइसीयूमा ५४ र भेन्टीलेटरमा १० जनाको उपचार भइरहेको जानकारीदिएको छ । साथै वितेको २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको जनाउदै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031