बिहिबार, बैशाख १३, २०८१

स्थानीय वायुको प्रभाव : अपराह्नपछि बदली र वर्षाको सम्भावना

काठमाडौ फागुन ६, 
पश्चिमी र  स्थानीय वायुको   प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल हुने पक्रिया अनुरुप मौसममा यस किसिमको परिवर्तन हुन स्वभावीक रहको विभागले जनाएको छ ।

त्यस्तै विभागले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेपनि प्रदेश नं २, वाग्मतीलगायत देशका पहाडी भूभागमा भने अपराह्न आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको समेत सम्भावना औल्याउँएको छ ।