शुक्रबार, बैशाख ७, २०८१

सामाजिक सञ्जाल मार्फत ठगी कार्यमा संलग्न बस्याल पक्राउ

काठमाडौ फागुन ६,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउस नजिकबाट सामाजिक सञ्जाल मार्फत ठगी कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका९ ११ भण्डारी टोल बस्ने पर्वत टकलाक घर भएका ४५ वर्षीय हरि प्रसाद बस्याललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत युकेमा बसोबास गर्ने डाक्टर माईकल अलवर्ट भन्ने व्यक्तिले साथी बनाई कुरा गरी उपहारका सामानहरु युके बाट पठाएको छ र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भने पश्चात भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई सम्पर्क गरी भन्सार छुटाउनको लागि कर बापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गरेको र सो रकममध्ये ५ लाख २० हजार रुपैयाँ काठमाडौं गोगंबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा व्यक्तिलाई भेटेर दिए पश्चात पनि पीडितलाई पटक पटक रकम पठाउन भनी फोन आए पश्चात पीडितले आफू ठगिएको थाहा पाई दिएको सूचनाको आधारमा ठगी कार्यमा संलग्न बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ परेका बस्यालको साथबाट १० थान विभिन्न व्यक्तिको नाममा जम्मा गरेको भौचर, २ थान मोबाइल र नगद१ लाख ७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको जनाउदै निज उपर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंजपठाइएको ब्यूरोले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031