मङ्लबार, बैशाख ११, २०८१

निजी क्षेत्रले ल्याएको कोभिडबिरुद्धको खोप सरकारले खरीद नगर्ने : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौ फागुन ६,
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले निजी क्षेत्रले ल्याएको खोप सरकारले खरीद नगर्ने बताउनभएकोछ । स्वास्थ्य मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा मन्त्री त्रिपाठीले निजी क्षेत्रले कोभिडबिरुद्धको खोप ल्याउन चाहेमा खोप ल्याउन सक्ने मार्ग प्रसस्त भएको जनाउ सहित यसरी ल्याईएको खोप सरकारले खरिद नगर्ने र खोपको मूल्य पनि सरकारले निर्धारण गरे अनुरुप परल मूल्यमा १० प्रतिशत भन्दा बढी नाफा लिन नपाउने बताउनुभएको छ ।

त्यस्तै उहाँले सरकारले आधारभूत तहका जनता र फ्रन्टलाइनरलाई नि:शुल्क खोप दिने निर्णय गरेको र सोही अनुसार नै खोप अभियान सञ्चालन गरेको बताउदै निजी क्षेत्रले ल्याएको खोप सरकारले व्यवस्था गरेको खोप केन्द्रमा जान र लाइनमा बस्न नचाहने वा भनौ सुविधा खोज्ने व्यक्ति जो निजी अस्पतालमा गएर खोप लगाउने चाहना राख्छन त्यस्ता व्यक्तिले प्रयोग गर्न सक्ने समेत बताउनुभयो ।

त्यस्तै गरि उहाँले सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादन गरिएको खोप आगामी २ साता भित्र २० लाख डोज खोप नेपाल आउने जनाउ दिदै खोप खरीदका लागि नेपाल सरकारले पैसा समेत पठाइसकेको जानकारीदिनभयो ।

विश्वसनीय खोप नेपाली जनतालाई दिनु पर्छ भनेरै नै सरकारले कोभिसिल्ड रोजेको र खोप आयातका लागि कम्पनीको सर्त अनुसार समेत पैसा पठाइसकेको बताउनुभयो । साथै मन्त्री त्रिपाठीले पत्रकार सम्मेलनमाचीन सरकारले अनुदानमा उपलव्ध गराउने कोभ्याक्स फेसिलिटी खोप समेत कृहि समय पछिनै नेपाल आइपुग्ने समेत जानकारी दिनुभयो ।