शुक्रबार, बैशाख ७, २०८१

काठमाडौ उपत्यकाका ४२ सहित देशभर ९६ जनामा कोभिड संक्रमण , ३ को मृत्यु

काठमाडौ फागुन ६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ४१ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका ४२ जना सहित देशभर ९६जना कोभिड संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप १ सय ११ जना संक्रमित संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३ रहेको जानकारीदिदै यसमध्ये आइसीयूमा ६१ जनाको त्यस्तै गरि १३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जानकारी दिएकोछ । साथै वितेको २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031