शुक्रबार, चैत्र १६, २०८०

पत्रकार झा विपद पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौं फागुन ५ ,
कान्तिपुर हटलाइन डटकमका सम्पादक श्रीजन झा कोभिड संक्रमणविरुद्ध विपद पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको सहकार्यमा एनआरएनए अष्ट्रेलियाको सहयोगमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक सामग्री प्रवाह गरेकोमा पत्रकार झालाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो । उनलाई सम्मान पत्रसहित नगद १० हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशनका अवसरमा उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् । सो पुरस्कारबाट झा सहित ३५ जना पत्रकारहरु सम्मानित भएका थिए ।