बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका ६० जना सहित थप १२५ जनामा सङ्क्रमणको पुष्टि

काठमाडौं फागुन ५ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ३ हजार ८३८ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौं उपत्यकाका ६० जना सहितथप १२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी २४ घण्टे अद्यावधिक विवरण सार्वजनिक गर्दै आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको जनाएकोछ । त्यस्तै यसवीचमा ९१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाउदै संक्रमण मुक्त हुनेको सख्या २ लाख ६९ हजार ३९४ पुगेको जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डा। गौतमले ६१ जनाको आईसीयूमा र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिदै वितेको २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको सख्या शुन्य रहेको जनाएको छ ।