शुक्रबार, चैत्र १६, २०८०

एकैपटक एकदर्जन भन्दा बढि सचिवको सरुवा [को कहाँ ? सूचीसहित]

काठमाडौ फागुन ४,
सरकारले १७ जना सचिवको सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाको अख्तियारमा सरुवा भएको छ ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ भने पुननिर्माणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाललाई ल्याएको छ । नेपाल ट्रस्टका देवेन्द्र कार्कीलाई सतर्कता केन्द्र सरुवा गरेको छ ।

निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालय पुर्याइएको छ।

त्यसैगरी शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई ल्याइएको छ भने शिक्षा सचिव गोपीनाथ मैनालीलाई वित्त आयोग सरुवा गरिएको छ । आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। भूमी सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय [उद्योग] सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय [अतिरिक्त] का सचिव सुमन अर्याललाई पठाएको छ ।

वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई दिइएको छ। आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई पठाइएको छ भने वाणिज्य सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतम श्रम मन्त्रालयमा सरुवा भएको छ ।