शनिबार, बैशाख ८, २०८१

महानगरले बुधवारबाट नि:शुल्क मिर्गौला परीक्षण अभियान शुरु गर्दै

काठमाडौ फागन ४,
काठमाडौ महानगरपालिकाले बुधवारबाट महानगरपालिका भित्र बसोबास गर्ने सबैको निशुल्क मिर्गौला परीक्षण अभियान शुरु गर्ने भएको छ ।महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरपालिकाका ३२ वटै वडाभित्र ६ महिने अभियान शुरु गर्न लागेको   हो ।

प्रस्तुत अभियान अनुरुप अन्र्तगत   महानगरपालिका भित्रका वडामा बसोबास गर्ने व्यक्तिले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण मार्फत मिर्गौलाको स्वास्थ्य जाँच गराउन सक्ने जनाएको छ ।