बिहिबार, चैत्र १५, २०८०

 सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको काँग्रेसको आरोप

काठमाडौं फागुन ३,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै विरोध जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी विज्ञप्तिमार्फत वृहत्तर विमर्श बिना नै संसद विघटन भएको समयमा निर्देशिका जारी गरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि प्रश्न उठेको उल्लेख गरेका छन ।

त्यस्तै विज्ञप्त्मिा यसअघिको संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई सरकारले नयाँ स्वरुपमा ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा ब्युंताउन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नहुने र नपाउने अवस्थाकावीच सरकारले एक पछि अर्को गर्दै नागरिक अधिकारलाई प्रभावितपार्ने अराजक कार्यमा तल्लीन रहेको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा सामाजिक सञ्जाललाई नियमन गर्ने र मर्यादित बनाउन विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेको अवस्थालाइ उपेक्षा गर्दै सरकारले यो वा त्यो नाममा अराजकताको थप श्रृखला संगै अधिनायकवादको एक अर्को फड्को भएको उल्लेख गर्दै प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी समेत दिएको छ ।