शुक्रबार, बैशाख ७, २०८१

नक्कली डाक्टर बनी सिफारिस गर्ने पन्थी प्रहरीको फन्दामा

काठमाडौं फागुन ३,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका९३ कान्तिसंगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका  ८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरे पछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रकृया रहेकोमा गत असोज ६ गते डा.कृष्ण रिजालको निबेदन फारममा जितेन्द्रले डा.जितेन्द्र शर्मा, एनएमसी रजिष्ट्रेशन नम्बर २३६४ लेखी सहिछाप गरेकोमा कीर्ते गरेको शंकालागि अनुसन्धान गर्ने क्रममा प्रहरीले निजलाइ पक्राउ गरेको  हो  ।

  प्रहरीको अनुसन्धानको क्रममा  निजले नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त नगरी सहिछाप गरेको खुल्न आएपछि निजलाइ प्रहरीले पक्राउ गर्दै लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमतिलिई अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031