शुक्रबार, चैत्र १६, २०८०

सरकार सञ्चालनमा अनेकन अप्ठ्यारा ब्यवधान खडा गरिएपछि प्रतिनिधिसभा विघटन गरिएको प्रम ओलीको प्रष्टोक्ति

काठमाडौं फागुन ३,
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको कार्यकाल ३ वर्ष पूरा भएको अवसरमा आज देशबासीको नाममा सम्बोधन गर्दै यसवीचमा सरकारले गरेको कार्य प्रगतिबारे ७४ बुँदे कार्य प्रगतिको जानकारी दिएका छन ।

प्रम ओलीले आफ्नो सम्बोधनमा मुलुकमा राजनीतिक अस्थिरता आउन नदिन आफूले प्रतिनिधिसभा विघटन गरेको प्रष्ट पार्दै आफु नेतृत्वमा सरकार गठन भएको ३ बर्ष पूरा नहुँदै सरकार सञ्चालनमा अनेकन अप्ठ्यारा अवस्था सिर्जना गर्दै ब्यवधान खडा गरिएपछि प्रतिनिधिसभा विघटन गरिएको उहाँको भनाइ रहेको छ ।

यस्तो छ प्रम ओलीको सम्बोधनको पूर्णपाठ :

त्यस्तै उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम होस् भन्ने पवित्र उद्देश्यकासाथ ताजा जनादेशको लागि चालिएको राजनीतिक कदम भएको बताउदै ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि भएको बताउनुभयो ।