शुक्रबार, चैत्र १६, २०८०

जनसभा र समर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन प्रचण्ड–माधव नेपाललाई केपी ओलीले निम्तो

काठमाडौं फागुन १ ,
नेकपाका अध्यक्ष केपी ओलीले जनसभा र समर्थन कस्तो हुन्छ भनेर बुटवलमा हेर्न आउन प्रचण्ड–माधव नेपाललाई निम्तो दिएका छन् ।
प्रचण्ड–नेपालले देशभरबाट मान्छे जम्मा गरेर आफूलाई हेर्न आउन आग्रह गरेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको मात्र जनसागर हेर्न प्रचण्ड–नेपाललाई आव्हान गरेका छन ।

मैदानमा मानिस नहटेर कार्यक्रम वरिपरिका सडक समेत भरिएको भन्दै उनले बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जनसागर कस्तो हुन्छ, हेर्न आउन प्रचण्ड–नेपाललाई निम्तो दिएका छन ।