बिहिबार, चैत्र १५, २०८०

बाबुराम र प्रचण्ड एकै मञ्चमा : सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुनेमा डा भट्टराईको जोड

प्रचण्डले भने – बाबुरामजी पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा

काठमाडौं फागुन १ ,
शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् । सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उहाँको जिकिर रहेको थियो ।

त्यस्तै उहाँले कार्यक्रममा आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने अभिव्यक्ति दिन थालेको बताउदै उनले भने, किन हेग जाने हामी रु यो महान क्रान्ति थियो, क्रान्ति गरे बापत कोही हेग गएको छ भन्दै प्रतिप्रश्न गर्दै शान्ति सम्झौता र संविधानको अभिन्न अंग भएको भन्दै यसलाइ खेलवाडको विषय नबनाउन आग्रह समेत गरेका छन ।

त्यस्तै सोहि कार्यक्रमका अर्का वक्ता पुष्पकमल दाहाल प्रचण्डले बाबुरामजी पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताउँदै हामीलाई इतिहासले अलग हुन दिँदैन । ती हजारौं सहिदले हामीलाई अलग हुन नदिँने समेत बताए ।