बुधबार, बैशाख १२, २०८१

देशभर थप ५७ जनामा कोभिड १९ संक्रमण

काठमाडौं फागुन १,

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १ हजार ९ सय जनाको पीसीआर गर्दा देशभर थप ५७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएक कोभिड संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ भने यसवीचमा देशभरबाट थप १ सय ३३ जना संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ रहेको र यसमध्ये ५६ जनाको आइसीयूम र १७ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा मृतकको संख्या शून्य रहेको जनाएको छ । यद्यपी   नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।