बिहिबार, बैशाख १३, २०८१

आगामी ३ दिन देशभर आंशिक बदलीसंगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

 काठमाडौं माघ ३०
जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना औल्याएको छ ।

त्यस्तै विभागले यसवीचमा वर्षाको कुनै लक्षण् नभएपनि आइतबारसम्म देशभर आंशिक बदली संगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना औल्याएको हो ।

त्यस्तै आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।