बिहिबार, चैत्र १५, २०८०

प्रजातान्त्रिक विचार समाजले शुक्रवार माइतीघर मण्डलामा प्रतिगामी कदम विरुद्ध प्रदर्शन गर्ने

काठमाडौं माघ २९,
प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम बिरुद्ध प्रजातान्त्रिक विचार समाजले शुक्रवार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने भएको  छ ।

समाजका अध्यक्ष डा। केदार नरसिंह केसीले आज जारी गरेको विज्ञप्तिका शुक्रवार बिहान ११ बजे माइतीघर मण्डलामा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा विरोध कार्यक्रमको आयोजना गर्न लागिएको उल्लेख गर्दै प्रतिगामी कदमका बिरुद्ध ऐक्यबद्धता जनाउन कार्यक्रममा सहभागी हुन सबै जनसमुदायलाइ अपिल गर्नुभएको छ ।

त्यस्तै उपस्थितिका लागि समाजका पूर्व अध्यक्ष , सल्लाहकार ,पदाधिकारी , प्रदेश संयोजक , केन्द्रीय कार्य समितिका सदस्य तथा समाजसँग आबद्द सबैलाई अनुरोध गरिएको छ ।