शुक्रबार, चैत्र १६, २०८०

नेतृ रामकुमारी झाँक्री पक्राउ प्रकरण : सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं माघ २९,   महानगरीय अपराध महाशाखाले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेसंगै झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै अधिवक्ता गुणराज आचार्यले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराउनुभएकोछ ।

अधिवक्ता आचार्यले आफुले रिट निवेदनमा संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्दै संसद विघटनको विरोध गर्नु प्रचलित कानून विपरीतको भएको जिकिर सहित रिट निवेदन दर्ता गरेको जानकारीदिदै रिट निवेदन उपर सुनवाइका गर्न आइतबारका लागि पेशी तोकिएको जानकारी दिएका छन ।