शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ३३ सहित थप ८१ जना कोभिड संक्रमण पुष्टि,५ को मृत्यु

काठमाडौं माघ २९,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौ उपत्यकामा ३३ सहित देशभर थप ८१ जना कोभिड संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका संक्रमितसंगै नेपालमा कुल कोभिड संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ भने यसवीचमा थप १ सय ११ जना संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको र यसमध्ये ६४ जनाको आइसीयूमा र १३ जाको भेन्टीलेटरमा उपचार भइरहेको बताउदै वितेका २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको जनाएकोछ ।