शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्रीले गरेको संसद विघटन कानुनसम्बत रहेको वकिलहरुको जिकिर

काठमाडौं माघ २८,
संसद विघटन विरुद्ध परेका रिटहरुमा आजबाट संवैधानिक इजलासमा पुनः बहस सुरु भएको छ । यसअघि निरन्तर हुँदै आएको बहस मंगलवार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा स्थगित गरिएको थियो ।

 आज बहसका क्रममा सरकारी पक्षको तर्फबाट बहस गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले प्रधानमन्त्रीले गरेको संसल विघटन कानुनसम्बत रहेको जिकिर गर्दै लोकतत्रमा जनताको आदेशनै सर्वो परि हुने भएका कारण जनतामा जाने प्रम ओलीको निर्णय आफैमा सापेक्ष रहेको भन्दै यसमा अदालतबाट यो वा त्यो नाममा अवरोध हन नहुने बताउनुभयो ।

त्यस्तै अर्का वरिष्ठ अधिवक्ता माधव बस्नेतले पनि संसद विघटन संविधानत रहेको बताउदै संसद विघटन गर्ने अधिकार कानुन सम्बत रहेको दाबी गरेका छन् ।संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमिकस क्युरीले आफ्नो राय दिने र त्यसपछि सर्वोच्चले फैसला गर्ने बुझिएको छ ।