बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका ७९ थप १६० जना कोभिड संक्रमित थपिए, २ को मृत्यु

काठमाडौं माघ २७ ,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३ सय ९ जनाको पीसीआर गर्दा काठमाडौ उपत्यकामा ७९ सहित देशभर थप १ सय ६०जनामा कोभिड९ संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । यसवीचमा शभरबाट थप १ सय ६५ जना संक्रमणमुक्त भई डिस्चार्जभएसंगै कोभिड मुक्त हुनेको सख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको र यसमध्ये ६४ जनाको आइसीयूमा र १५ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ भे वितेको २४ घण्टामा २जना संक्रमितको मृत्यु भएको छ । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।